७ कार्तिक २०८३, शनिबार । October 24, 2026

पेरिस ओलम्पिक–२०२४ः२७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा


२४ श्रावण २०८१, बिहिबार  

186
Shares

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् ।

बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १७ रजत र २१ कस्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसै गरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १७ रजत र २० कास्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ कास्य पदक जितेको छ भने जापानले १२ स्वर्णसहित ६ रजत र १३ कास्य पदक जितेको छ । त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ८ कास्य पदक जितेको छ भने नेदरल्याण्डसले ९ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ ।

त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ कास्य पद जितेको छ । त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र युक्रेनले ३–३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, स्पेन, क्रोसिया, क्युबा, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी इजरायल, जमैका, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, थाइल्याण्ड, ग्रिस। दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चिली, इरान, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, बहराइन, चिली, डोमिनिका, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, मोरक्को, नर्वे र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, अर्मानिया, मेक्सिको, इथोपिया, काजकिस्तान, टर्की, लुथियाना, कोसोभो, ट्युनिसिया, कोलोम्बिया, साइप्रस, फिजी, मंगोलिया, भारत, ताजकिस्तान, डोमिनिकन रिपब्लिक, मलेसिया, मोलडोभा, अस्ट्रिया, काबो भेड्रे, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, पेरु, पोर्चुगल, स्लोभाकिया र जाम्बिया रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि