२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टिआरसीमा सहमति,नयाँ सरकारपछिको राम्रो कामः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याएर नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिबेदन बुझ्दै दाहालले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री रहँदा गठन भएको कार्यदलले टिआरसीलाई टुंगोमा पुर्याएकोमा खुसी व्यक्ति गर्दै दाहालले भने, ‘मलाई आज धेरै त भन्नु छैन यो विषयमा, नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र म सरकारलाई पनि धन्यवाद भन्न चाहान्छु।’ विधेयकलाई यही सरकारले नै तत्काल वैधानिक प्रकृयाबाट संसदीय समिति र संसदबाट पनि पारित गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘सफल होला या नहोला भन्ने जस्तो त लाग्थ्यो, तर पनि कार्यदलले धेरै मेहेनत गरेर निष्कर्षमा पुर्याएको छ।

अब यसलाई वैधानिक प्रकृयाबाट संसदको समितिमा र फुल हाउसमा पनि यसै पटक जाओस् र टुंग्याइयोस् । आम नेपाली जनतालाई पनि शान्ति स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस भन्ने मेरो चाहाना छ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको