८ चैत्र २०८२, आइतबार । March 23, 2026

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने युनुस को हुन ?


२३ श्रावण २०८१, बुधबार  

27
Shares

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको छ ।

हाल ८४ बर्षका युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरुको समेत समर्थन रहेको छ । पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । सोहि अनुसार नै युनुसलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउने निर्णय भएको हो ।

कठिन समयमा बंगलादेशको नेतृत्व सम्हाल्न पुगेका मोहम्मद युनुस को हुन त ?
मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाएका छन् । उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग ग¥यो । चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए ।

उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत बैंकहरुले दिने गरेका थिएनन् । उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण बैंक भयो । यो बैंकले बंगलादेशभरि व्यापक परियोजनाहरु सुरु ग¥यो ।

उक्त बैंकको लगानीमा सुरु भएका परियोजनाहरुमध्ये कुनै कपडा उद्योग कुनै मोबाइल टेलिकम सम्बन्धी र केही ब्रोडब्यान्ड इन्टरनेट सम्बन्धी थिए । आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे । जसको परिणाम आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

युनुसको राजनीतिक यात्रा…
युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक संलग्नता बढाउने काम गरे । सन् २००७ मा उनले नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरे । उनले यही अभियानबाट बाङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए । तर यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालिदा जियाले दशकौँसम्म माथि उठ्न नदिन प्रयत्न गरे ।

शक्ति सङ्घर्ष र प्रतिद्वन्द्वीताका कारण विचलित भएपछि उनले आफ्नो राजनीतिक यात्रा बीचैमा छोडे । त्यसपछिका वर्षहरूमा उनको सरकारसँगको सम्बन्ध कटुतापूर्ण रह्यो । सन् २००८ मा शक्तिमा आएकी शेख हसिनाले उनलाई आफ्नो व्यवसायबाट गरिबहरूको “रगत चुसेको” आरोप लगाइन् । प्रधानमन्त्री हसिनाले युनुसमाथि शृङ्खलाबद्ध अनुसन्धानहरू पनि सुरु गरिन् । गत जुन महिनामा बाङ्ग्लादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर समेत गरेको थियो ।

यद्यपी राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको उनका समर्थकहरूको दाबी छ । युनुसमाथि गरेको व्यवहारका कारण गतबर्ष संयुक्त राष्ट्रसंघले बंगलादेशको सरकारलाई सचेत समेत गराएको थियो । विश्वका १ सय ७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको उत्पीडन रोक्न प्रधानमन्त्री शेख हसिनासँग आग्रह समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा ’गरिबका लागि बैंकर’ का रूपमा परिचित प्राध्यापक युनुसले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन पाउँदै आएका छन् । गरिबको बैंक भनेर चिनिएका युनुसको जन्म सन् १९४० मा तटीय सहर चाटगाउँमा सम्पन्न परिवारमा भएको थियो । उनका बुबा सफल सुनार थिए । आफ्नो सबैभन्दा ठूलो प्रभावका रुपमा उनले आफ्नी आमालाई मान्ने गरेका छन् ।

आमाले आफ्नो ढोका ढकढक्याउने खाँचोमा परेका जोकोहीलाई सहयोग गर्न हौसला प्रदान गरेको उनको ठहर छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो