२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

बाढी र पहिरोमा परि एकैदिन १३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ६७ पुग्यो



काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।

पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो। योसँगै मनसुनजन्य घटनामा परी यसवर्ष ज्यान गुमाउनेको संख्या १ सय ६७ जना पुगेको छ। आज बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षीय विधान परियार, २४ वर्षका गंगा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन्।

बडिगाडकै वडानम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको हो । घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, गुल्मीको मुसीकोट नगरपालिका १ विसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षिय हुकुम विक, उनका छोरा वर्ष ४६ का गोरे विक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइते भएका छन्।

यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको पनि मृत्यु भएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव