४ आश्विन २०८३, आइतबार । September 20, 2026

बाढी र पहिरोमा परि एकैदिन १३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ६७ पुग्यो


२२ श्रावण २०८१, मंगलबार  

1.2k
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।

पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो। योसँगै मनसुनजन्य घटनामा परी यसवर्ष ज्यान गुमाउनेको संख्या १ सय ६७ जना पुगेको छ। आज बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षीय विधान परियार, २४ वर्षका गंगा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन्।

बडिगाडकै वडानम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको हो । घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, गुल्मीको मुसीकोट नगरपालिका १ विसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षिय हुकुम विक, उनका छोरा वर्ष ४६ का गोरे विक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइते भएका छन्।

यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको पनि मृत्यु भएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली