५ असार २०८३, शुक्रबार । June 20, 2026

एकदिवसीय सिरिजः तीन वर्षपछि श्रीलंकासँग पराजित भयो भारत


२१ श्रावण २०८१, सोमबार  

1.1k
Shares

एजेन्सी । श्रीलंकाले भारतविरुद्धको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हासिल गरेको छ।

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा जित निकालेसँगै घरेलु टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ। यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो। श्रीलंकाले भारतलाई २०२१ पछि पहिलो पटक पराजित गरेको हो। यसबिचमा श्रीलंकाले ६ खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको छ।

श्रीलंकाको जितमा ६ विकेट लिएका लेग स्पिनर जफ्री भान्डर्से ‘म्यान अफ द म्याच’ घोषित भए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि कमिन्दु मेन्डीस र आभिष्का फर्नान्डोले समान ४०–४० रन बनाउँदा कुशल मेन्डीसले ३० रन र दुनिथ वेलालगेले ३९ रन बनाए।

वेलालगे र मेन्डीसले पछिल्लो क्रममाम उत्कृष्ट प्रदर्शन गरेका थिए। कप्तान चरिथा असलंकाले २५ रन बनाउँदा अकिल धनन्जय १५ रनमा आउट भए। २ सय ४१ रनको लक्ष्य पछ्याएको भारत राम्रो सुरुवातका बाबजुत ४२ दशमलव २ ओभरमा २ सय ८ रनमा समेटियो।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा