५ माघ २०८१, शनिबार । January 19, 2025

जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो



काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाउने गरिन्छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ ।

यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खो-खो विश्वकपमा नेपालको धमाका, नेपाली महिला टोलीसँगै पुरुष टोली पनि फाइनलमा

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी खो-खो विश्वकपमा नेपालको पुरुष

खो-खो विश्वकपः युगान्डालाई पराजित गर्दै नेपाली महिला टोली फाइनलमा प्रवेश

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी प्रथम खो-खो विश्वकप प्रतियोगितामा

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा, को-को परे ?

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि

यू-१९ महिला विश्वकपः पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट अन्तर्गत

यू-१९ महिला विश्वकपः नेपालको खराब ब्याटिङ प्रदर्शन, बंगलादेशले पायो ५३ रनको लक्ष्य

काठमाडौं । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी यू–१९ महिला