४ असार २०८३, बिहिबार । June 18, 2026

मार्दी आधार शिविरमा भेटिएको मानव कंकाल बेपत्ता स्विडेनका नागरिक लिउको भएको पुष्टि


२० श्रावण २०८१, आइतबार  

12
Shares

कास्की । मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ।

शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो। आधार शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ।

भेडा चरनका लागि पुगेका गोठाला गोविन्द गौतमले उक्त कंकाल फेला पारेको बताइएको छ । ४ हजार ५ सय मिटरको उचाइमा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले उक्त कंकाल लिउकै भएको जनाएको छ । लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका हुन्।

त्यो दिन मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो। लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा