३ आश्विन २०८३, शनिबार । September 19, 2026

काभा महिला भलिबलः आज नेपाल र इरान भिड्दै


२० श्रावण २०८१, आइतबार  

300
Shares

काठमाडौं । जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ । इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ ।

किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेको छ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली मालदिभ्ससँग हुनेछ । दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।

नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । आजै हुने पहिलो खेलमा श्रीलंकाले मालदिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन ।

श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली