२८ चैत्र २०८२, शनिबार । April 11, 2026

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु


१७ श्रावण २०८१, बिहिबार  

42
Shares

दाङ । दाङमा आर्थिक वर्ष २०८०–८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्षमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आव २०८०–८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट लागेर छ, आगलागीमा परेर पाँच, चट्याङ लागेर तीन र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

दाङमा गत तीन आवमा मनसुनजन्य विपद्बाट एक हजार चार सय ३४ घर प्रभावित भएका छन् । आव २०८०–८१ मा दुई सय ८८ घरधुरी प्रभावित भएका छन् । जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपद्बाट दुई सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

आव २०७९–८० मा जिल्लामा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपत्बाट प्रभावित भएका थिए । बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायतका नौ सय २१ घटना घटेको थियो । गत वैशाखदेखि अहिले सम्म बाढीले दुई हजार पाँच सय सात घरपरिवार प्रभावित भएका छन् ।

वैशाखयता दाङमा पाँच जनालाई बाढीले बगाएको छ । बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका– ८ नयाँ बस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो ।

तीन महिना अवधिमा एक सय ७४ वटा घर, चार गोठ, छ उद्योग तथा पसलमा क्षति भएको छ । बाढीले एक सय ६० मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । बाढीमा डुबेर गत वैशाखयता ३६ चौपाया र चार सय पाँच कुखुरा मरेको र एउटा सवारी साधन बगाएको छ ।

हालसम्म मनसुनी गतिविधि सक्रिय रहेकाले बाढीको उच्च जोखिम क्षेत्र पहिचान गरी विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्यको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडा, राप्ती गाउँपालिका–१, २, ३, ६, ७, लमही नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा मनसुनी विपद्को दृष्टिकोणले जोखिम पहिचान गरी काम भइरहेको छ ।

जिल्लाको बालिम, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, सक्राम, चौवा, ग्वार, काला, पातु, गहते, भमके, बागर, बौलाहा, चिसापानी, च्यान्टी, उपल्लो र तल्लो ट्वाङ, सुसाउने, तुई, कलम, घट्टे, मलैलगायत खोलाका कारण मुनसुनजन्य विपतबाट क्षति हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व