११ पुस २०८२, शुक्रबार । December 27, 2025

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु



दाङ । दाङमा आर्थिक वर्ष २०८०–८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्षमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आव २०८०–८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट लागेर छ, आगलागीमा परेर पाँच, चट्याङ लागेर तीन र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

दाङमा गत तीन आवमा मनसुनजन्य विपद्बाट एक हजार चार सय ३४ घर प्रभावित भएका छन् । आव २०८०–८१ मा दुई सय ८८ घरधुरी प्रभावित भएका छन् । जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपद्बाट दुई सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

आव २०७९–८० मा जिल्लामा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपत्बाट प्रभावित भएका थिए । बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायतका नौ सय २१ घटना घटेको थियो । गत वैशाखदेखि अहिले सम्म बाढीले दुई हजार पाँच सय सात घरपरिवार प्रभावित भएका छन् ।

वैशाखयता दाङमा पाँच जनालाई बाढीले बगाएको छ । बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका– ८ नयाँ बस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो ।

तीन महिना अवधिमा एक सय ७४ वटा घर, चार गोठ, छ उद्योग तथा पसलमा क्षति भएको छ । बाढीले एक सय ६० मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । बाढीमा डुबेर गत वैशाखयता ३६ चौपाया र चार सय पाँच कुखुरा मरेको र एउटा सवारी साधन बगाएको छ ।

हालसम्म मनसुनी गतिविधि सक्रिय रहेकाले बाढीको उच्च जोखिम क्षेत्र पहिचान गरी विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्यको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडा, राप्ती गाउँपालिका–१, २, ३, ६, ७, लमही नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा मनसुनी विपद्को दृष्टिकोणले जोखिम पहिचान गरी काम भइरहेको छ ।

जिल्लाको बालिम, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, सक्राम, चौवा, ग्वार, काला, पातु, गहते, भमके, बागर, बौलाहा, चिसापानी, च्यान्टी, उपल्लो र तल्लो ट्वाङ, सुसाउने, तुई, कलम, घट्टे, मलैलगायत खोलाका कारण मुनसुनजन्य विपतबाट क्षति हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist