४ असार २०८३, बिहिबार । June 18, 2026

राजस्व लक्ष्यभन्दा २६ प्रतिशत कम


१७ श्रावण २०८१, बिहिबार  

9
Shares

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो ।

विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । आयकरका लागि विभागले रु दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो ।

कार्यालयले रु २ अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु २ अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा रु १ अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले रु १५ अर्ब ९८ करोड ८२ लाख सङ्कलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । रु ६० करोड ५ लाख लक्ष्य दिइएकोमा रु ४० करोड ३४ लाख राजस्व सङ्कलन भएको भट्टराईले बताए ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उनले भने, “लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ ।

देशमा रोजगारीको अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ । उनले भने, “घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।” कार्यालयमा गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने १ लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार ९ सय १९ जना रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा