२३ बैशाख २०८३, बुधबार । May 7, 2026

आईसीसी टी–२० वरीयतामा नेपालकी सीता राना मगरको ५ स्थान सुधार


१६ श्रावण २०८१, बुधबार  

42
Shares

काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा आइपुगेकी हुन् । यो सूचीमा रुबिना क्षेत्री एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् । महिला टी–२० वरीयताको ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा यथावत् छिन् ।

यसैगरी महिला टी–२० वरीयताको अलराउन्डरतर्फ पनि सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । उनी पाँच स्थान सुधार गर्दै ५३ औँ स्थानमा आइपुगेकी छिन् । यस्तै नेपालकी कप्तान इन्दु बर्मा एक स्थान सुधार गर्दै ६६ औँ स्थानमा आइपुगेकी छिन् । साथै रुबिना क्षेत्री एक स्थान तल झर्दै ४९ औँ स्थानमा पुगेकी छिन् ।

यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष स्थानमा यथावत् छिन् । महिला टी–२० वरीयताको बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष सयभित्र अटाएका छैनन् । यो सूचीको शीर्ष स्थानमा इङ्गल्यान्डकी सोफी एक्लेस्टोन शीर्ष स्थानमा यथावत् छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको