२१ माघ २०८१, सोमबार । February 3, 2025

मौसम पूर्वानुमान

बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने



काठमाडौं । बितेका १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको