३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छः मन्त्री खड्गी


१४ श्रावण २०८१, सोमबार  

90
Shares

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश विश्वविद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा अवलोकन गरेकी छन् ।

हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा रहेको प्राथमिक विद्यालयको खाली ५ रोपनी जग्गाको मन्त्री खड्गीले अवलोकन गरेकी हुन् । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयसंग प्राथमिक विद्यालय मर्ज भएसंगै उक्त जग्गा प्रयोगविहिन भएको थियो । विद्यालयको भवनमा विश्वविद्यालयको कार्यालय संगै अन्य कामहरु सञ्चालन गर्न सकिने अवस्था रहेको मन्त्री खड्गीले बताइन् ।

गुणस्तरीय शिक्षा साथै शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न पनि स्वदेशमै विश्व विद्यालयको स्थापना गर्दै गौरवको आयोजनाको रुपमा रहेको शिक्षण संस्था निर्माणका लागी आफू सकारात्मक रहेको बताइन् । विश्वविद्यालय निर्माण एवं सञ्चालनका लागी आवश्यक प्रकृया अगाडि बढाई सम्बंधित निकाय, मन्त्रालय एवं प्रदेश सभामा समेत कुरा राखि स्रोत सुनिश्चितताको लागि पहल गर्ने सामाजिक विकास मन्त्री खड्गीले प्रतिवद्धता जनाइन् ।

जग्गा अवलोकनको क्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको अध्यक्ष सविन न्यौपानेले जग्गा प्राप्तिका लागि मन्त्रालयबाट सिफारिस भइसकेकोले सकेसम्म चाँडो कार्यपालिका बैठकबाट निर्णय गरिने बताए । १ नम्बर वडामा विश्वविद्यालय निर्माण हुँदा यहाँको स्थानीयहरुलाई समेत प्रत्यक्ष रुपमा लाभ पुग्ने अध्यक्ष न्यौपानेले बताए । विश्वविद्यालयको जग्गा अनुगमनका लागि सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, उच्च शिक्षा महाशाखा प्रमुख गोपाल प्रसाद कँडेललगायतके उपस्थिति रहेको थियो ।

बोर्ड अफ ट्रष्टिले समेत उक्त क्षेत्रको निरिक्षण गरी विश्वविद्यालय सञ्चालन र निर्माणको लागि उक्त क्षेत्र उचित रहेको निष्कर्ष निकालेको थियो । सामाजिक विकास मन्त्री भएपश्चात खड्गीको यो पहिलो अनुगमन हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर आफ्नो क्षमता देखाइसकेकी खड्गी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेसंगै शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नको लागि सक्रिय रुपमा अघि बढेकी छिन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि