९ कार्तिक २०८३, सोमबार । October 26, 2026

दोहोरो अंकले घट्यो नेप्से, ३ वर्षयताकै उच्च कारोबार


१४ श्रावण २०८१, सोमबार  

9
Shares

काठमाडौं । लगातारको उछालपछि सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

दुई सातादेखि निरन्तर बढीरहेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेको हो । आज नेप्से २६६१ दशमलव ०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रूपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो ।

यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको थियो । सोमबार नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, वाराही हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

भने, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बोट्ल्स नेपाल बालाजु, सिद्धार्थ इक्वीटी फन्ड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा