७ कार्तिक २०८३, शनिबार । October 24, 2026

ग्लोबल टी–२० लिगः सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको लगातार दोस्रो हार


१३ श्रावण २०८१, आइतबार  

378
Shares

एजेन्सी । ग्लोबल टी–२० क्रिकेटमा भनकौभर नाइट्सले लगातार दोस्रो खेलमा हार भोगेको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी समिलित नाइट्स बंग्ला टाइगर्स मिसीसौगासँग २२ रनले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंग्ला टाइगर्सले निर्धारित २० ओभरमा १ सय ५२ रन बनाएको थियो। उसका लागि इफ्तिखर अहमेदले ५० रन बनाउँदा हर्जतुल्लाह जजाइले ३३ रन बनाए।

त्यस्तै, पर्गत सिंहले २० रन बनाउँदा डिलोन हेलीघरले २७ रन बनाएका थिए। गुर्पल सिन्धु १० रनमा अविजित रहे। नाइट्सका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर २ विकेट लिंदा मोहमम्द अमिर, जर्मी गोर्डन, ड्वानी प्रिटोरियस र पउल भान मेकेरेनले समान १–१ विकेट लिए ।

१ सय ५३ रनको लक्ष्य पछ्याएको भनकौभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सफल भयो। उसका लागि हर्ष थकिरले ७९ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक ड्वानी प्रिटोरियसले २९ रन बनाउँदा नेपाली खेलाडी दीपेन्द्र भने १ रनमै आउट हुन पुगेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि