११ श्रावण २०८३, सोमबार । July 27, 2026

ग्लोबल टी–२० लिगः सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको लगातार दोस्रो हार


१३ श्रावण २०८१, आइतबार  

378
Shares

एजेन्सी । ग्लोबल टी–२० क्रिकेटमा भनकौभर नाइट्सले लगातार दोस्रो खेलमा हार भोगेको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी समिलित नाइट्स बंग्ला टाइगर्स मिसीसौगासँग २२ रनले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंग्ला टाइगर्सले निर्धारित २० ओभरमा १ सय ५२ रन बनाएको थियो। उसका लागि इफ्तिखर अहमेदले ५० रन बनाउँदा हर्जतुल्लाह जजाइले ३३ रन बनाए।

त्यस्तै, पर्गत सिंहले २० रन बनाउँदा डिलोन हेलीघरले २७ रन बनाएका थिए। गुर्पल सिन्धु १० रनमा अविजित रहे। नाइट्सका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर २ विकेट लिंदा मोहमम्द अमिर, जर्मी गोर्डन, ड्वानी प्रिटोरियस र पउल भान मेकेरेनले समान १–१ विकेट लिए ।

१ सय ५३ रनको लक्ष्य पछ्याएको भनकौभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सफल भयो। उसका लागि हर्ष थकिरले ७९ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक ड्वानी प्रिटोरियसले २९ रन बनाउँदा नेपाली खेलाडी दीपेन्द्र भने १ रनमै आउट हुन पुगेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर