३ आश्विन २०८३, शनिबार । September 20, 2026

मौसमजन्य विपद्मा परी हालसम्म १ सय ३९ जनाको मृत्यु


१२ श्रावण २०८१, शनिबार  

99
Shares

काठमाडौं । मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एकरएक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली