३ आश्विन २०८३, शनिबार । September 19, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


१० श्रावण २०८१, बिहिबार  

9
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो । थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेसी परेको थियो ।

तर, आफू अनुकूलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेसी स्थगित गरेका थिए । झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ