९ चैत्र २०८२, सोमबार । March 23, 2026

मौरिटानियामा जहाज दुर्घटनाः २५ जनाको मृत्यु, १ सय ९० जना बेपत्ता


१० श्रावण २०८१, बिहिबार  

6.4k
Shares

एजेन्सी । मौरिटानियाको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।

राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १ सय ९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ । एक कोस्ट गार्ड कमाण्डरले मौरिटानियाको तटरक्षकले १ सय ३ आप्रवासीलाई उद्धार गरेको र २५ शव निकालेको बताएका छन् ।

यसअघि जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३ सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ। कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो, जसमा मौरिटानियन तटरक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालिएको थियो ।

आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरूमा पुग्ने प्रयास गरेको बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो