३ आश्विन २०८३, शनिबार । September 19, 2026

नेप्से परिसूचक २७ अङ्कले घट्यो


९ श्रावण २०८१, बुधबार  

9
Shares

काठमाडौं । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।

आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव १६ र होटल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ०९ प्रतिशतले घटेको छ ।बैंकिङ एक दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन एक दशमलव २४ र लघुवित्त एक दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल ९तराई० लिमिटेड र एसियन हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३६ करोड सात लाख ४६ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १३ लाख ७६ हजार सात सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ