२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

विमान दुर्घटना अपडेटः घाइते पाइलटलाई आइसीयूमा सारियो, कस्तो छ स्वास्थ्य अवस्था ?


९ श्रावण २०८१, बुधबार  

2.4k
Shares

काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सघन उपचार कक्ष (आइसीयू) मा सारिएको छ।

पाइलट शाक्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि शारीएको हो।

पाइलट शाक्यको एमआरआई र सिटी स्क्यान गरेर हेर्दा मस्तिस्क केही सुन्निएको देखिएको चिकित्सकले जनाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन)(एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१