२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

काठमाडौं उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


७ श्रावण २०८१, सोमबार  

687
Shares

काठमाडौं । यतिबेला काठमाडौं उपत्यकामा भारी बर्षा भइरहेको छ ।

काठमाडौंको कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा भारी बर्षा भइरहेकाले बाग्मती, धोबीखोला र विष्णुमती नदीमा पानिको बहाव बढेको छ । विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ । यसैगरी पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी स्याङ्जाको पञ्चमुलमा ८० दशमलव २ र पश्चिम नवलपरासीको देउरालीमा ७१ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाँसखर्क केन्द्रमा पछिल्लो ६ घण्टामा ४७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१