१२ पुस २०८२, शनिबार । December 27, 2025

महिला एसिया कप क्रिकेट

भारतको लगातार दोस्रो जित, यूएई ७८ रनले पराजित



एजेन्सी । महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार भएको समूह ए अन्तर्गत भएको खेलमा भारत ७८ रनले विजयी बनेको हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो । भारतले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २३ रन बनाउन सक्यो । यूएईका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् ।

उनले मात्र ३२ बलमा ३ चौका र १ छक्का हिर्काइन् । त्यस्तै, ओपनर इशा ओजाले ३६ बलमा ३८ रनको योगदान दिइन् । खुसी शर्माले १३ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट हासिल गरे ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist