१३ पुस २०८२, आइतबार । December 28, 2025

सिमलताल दुर्घटना

हालसम्म २१ जनाको शव भेटियो, १४ को सनाखत, ४४ अझै बेपत्ता



चितवन । चितवनको सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरूमध्ये आज थप दुई शव फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका– २६ सिसुवारमा १ पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी व्यारेज पुलमा एक महिलाको गरी दुई शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म २१ शव फेला परेका छन्। तीमध्ये १४ शवको मात्र सनाखत भएको छ। एक महिलासहित सात पुरुषको शवको सनाखत हुन सकेको छैन।

अहिलेसम्म नवलपुरमा १५, चितवनमा पाँच र पश्चिम नवलपरासीमा एक गरी २१ शव फेला परेका छन् । तिनमा तीन महिला, एक बालक र १७ पुरुष छन्। सनाखत भएकामा सर्लाहीको बरहुथवा नगरपालिका– ३ का १९ वर्षीय रमितकुसर माझी, सर्लाहीकै रामनगर गाउँपालिका– ३ का २९ वर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका– २ की २८ वर्षीय चन्द्रप्रभाकुमारी चौधरी, रौटहटको परुहा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुडा गाउँपालिका– ९ का ९ वर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपुर नगरपालिका– १० का ४३ वर्षीय किशोरकुमार चौधरी, रौतहटको बोधीमाई नगरपालिका– ७ का २९ वर्षीय अमृता कुमारी छन्।

यस्तै, चितवनको भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, चितवन माडी नगरपालिका– १ का २२ वर्षीय विकास परियार, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल शाह, सीतामणि बेतियानिवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सीतामणि खाना बैरगनिहा– ९ निवासी २७ वर्षीय विवेक कुमार, भारतको विहार बेतिया निवासी ३० वर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुरनिवासी ४३ वर्षीय प्रमानन्द पण्डितको सनाखत भएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist