२ कार्तिक २०८३, सोमबार । October 20, 2026

महिला एसिया कप क्रिकेट

तेस्रो अभ्यास खेलमा नेपाल दुई रनले विजयी


१ श्रावण २०८१, मंगलबार  

237
Shares

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले मंगलबार सम्पन्न आफ्नो तेस्रो अभ्यास खेलमा सफलता हात पारेको छ ।

हाल श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले २६ बलमा सर्वाधिक ३७ रन बनाएकी थिइन् ।

बिन्दू रावलले ३१ बलमा २० रन थपिन् । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाडले भने १९ दशमलव ५ ओभरमै अलआउट हसनुअघि एक सय १० रनमात्र बनाउन सक्यो । नेपाली टोली पहिलो र दोस्रो अभ्यास खेलमा भने श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग पराजित भएको थियो ।

नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो ।रोमा थापा र डली भट्ट रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि