२४ माघ २०८२, शुक्रबार । February 6, 2026

महिला एसिया कप क्रिकेट

तेस्रो अभ्यास खेलमा नेपाल दुई रनले विजयी



काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले मंगलबार सम्पन्न आफ्नो तेस्रो अभ्यास खेलमा सफलता हात पारेको छ ।

हाल श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले २६ बलमा सर्वाधिक ३७ रन बनाएकी थिइन् ।

बिन्दू रावलले ३१ बलमा २० रन थपिन् । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाडले भने १९ दशमलव ५ ओभरमै अलआउट हसनुअघि एक सय १० रनमात्र बनाउन सक्यो । नेपाली टोली पहिलो र दोस्रो अभ्यास खेलमा भने श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग पराजित भएको थियो ।

नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो ।रोमा थापा र डली भट्ट रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल