१९ पुस २०८२, शनिबार । January 3, 2026

सिमलताल दुर्घटनाः बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा



रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् ।

बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र न त सासकै । अझै पनि कुनै सकारात्मक खबर आइहाल्छ कि भन्ने उनीहरुमा परिवारमा लागिरहन्छ । बौधिमाई–२ इनर्वाका राज पटेलको घरमा पनि बेहाल छ । कोही नयाँ मानिस घरमा आउँदा होस् वा मोबाइलमा घन्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने परिवारलाई लागिरहन्छ । घरमा फर्किने आशा अझै पनि पटेल परिवारमा रहेको छ ।

अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा चुलो नबलेको तीन दिन भयो तर आशाको दियो भने निभेको छैन । कहीँ कतैबाट कुनै राम्रो खबर आइहाल्छ कि भन्ने आशा बाँकी छ ।बौधिमाई–४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन् । घरमा अझै पनि आशा छ कि फर्केर आउलान् वा कुनै खबर आउला भन्नेर । रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन् ।

गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा नै बेपत्ता भएका परिवारका आफन्तसित प्रहरीले सम्पर्क गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । बेपत्ता भएका नागरिकको बारेमा यकिन विवरण आई नसकेकाले अहिले घरपरिवारसित सम्पर्कको काम भइरहेको प्रजिअ रेग्मीको भनाइ छ । शुक्रबार बिहान साढे ३ बजेतिर काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्समा २७ यात्रु रहेका थिए ।

त्रिशूली नदीमा खसेको उक्त बसका यात्रुहरुमध्ये तीनले ज्यान जोगाएका थिएभने २४ जना अहिलेसम्म बेपत्ता छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together