२१ मंसिर २०८२, शनिबार । December 7, 2025

इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले लिए सन्यास



एजेन्सी । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् ।

सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७ सय ४ विकेट, एकदिवसीयमा २ सय ६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९ सय ९१ विकेट लिए । २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् । खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’

र त्यसपछि अलबिदा भने।खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद। एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए ।

शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले। त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो ।

यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए । एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो ।

एन्डरसनले सन् २००७ मा अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यु गरेका थिए । यो खेल अस्ट्रेलियाको सिड्नीमा भएको थियो । यो खेलमा एन्डरसनले १ विकेट लिए । उनले म्याथ्यु हेडनलाई आउट गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको