काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँ पुगेको हो।
प्रतिक्रिया