१० पुस २०८२, बिहिबार । December 26, 2025

असार २६ गते बुधबार दिनभर के–के भयो ?

बढ्यो विदेशी मुद्रा सञ्चिति, महंगी घट्यो ! शिक्षामन्त्री सुमना विदेशी नागरिक ! एक्लिएका प्रचण्डः सबैले छाडे साथ ! रास्वपा हाइज्याक भयो !…



१९ प्रतिशतले बढ्यो रेमिटेन्स आयात

चालू आर्थिक बर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ० प्रतिशतले बढेको थियो ।

विदेशी मुद्रा सञ्चिति २० खर्ब नजिक

चालू आर्थिक बर्षको ११ महिनासम्मको विदेशी मूद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा पछिल्लो ११ महिनामा २७ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५ दशमलव ७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा

चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (शोधनान्तर) स्थिति ४ खर्ब २५ अर्ब बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा रेमिटेन्स आयातसँगै आयात घट्न पुग्दा मुलुकको शोधनान्तरमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

घट्यो महँगी, मुद्रास्फीति ४ दशमलव १७ प्रतिशतमा सीमित

चालू आर्थिक वर्ष २०८०-८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४ दशमलवप १७ प्रतिशत छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६ दशमलव ८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६ दशमलव ९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५ दशमलव ९५ प्रतिशतले बढेको छ ।

एक्लिएका प्रचण्डः सबैले छाडे साथ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत समेत नदिने निर्णय गरेको छ । प्रतिनिधिसभामा नाउपाका चार सांसद रहेका छन् । नाउपाले सुरुदेखिनै प्रधानमनत्री प्रचण्डलाई समर्थन गर्दै आएको छ ।

रास्वपा हाइज्याक भयोः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको बिषय उठाएपछि विवाद सुरु भएको बताएका छन् । पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।

सहकारी प्रकरणमा रवि दोषी छन्ः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको बिषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

शिक्षामन्त्री सुमना विदेशी नागरिक

शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको बिषयमा पत्र पठाएको जानकारी दिँदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन् । उनले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । साथै उनले आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि नखुलाइएको बताएकी हुन् ।

३८ लाख नगदसहित एक जना पक्राउ

काठमाडौंको सुन्धाराबाट ३८ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो । स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिए अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist