२१ माघ २०८१, सोमबार । February 3, 2025

प्राकृतिक प्रकोप

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १ सय ६ घाइते



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले जानकारी दिए ।

घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् ।

उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव