१८ पुस २०८२, शुक्रबार । January 3, 2026

भारी बर्षाले भारतको आर्थिक राजधानी मुम्बई ठप्प, रेल तथा उडान सेवा प्रभावित



एजेन्सी । मंगलबारदेखि निरन्तर परेको भारी बर्षाका कारण भारतको आर्थिक राजधानी मुम्बई ठप्प भएको छ ।

विश्वविद्यालय र वरपरका शैक्षिक संस्थाहरु बन्द गरिएको छ । भारी बर्षापछि रेल तथा उडान सेवा प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ । यससँगै मुम्बई विश्वविद्यालयले मंगलबारका लागि निर्धारित सबै परीक्षा स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी गरेको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपत् प्रतिक्रिया बलका टोलीहरू ठाणे, बसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएका छन् । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together