१० पुस २०८२, बिहिबार । December 26, 2025

असार २५ गते मंगलबार दिनभर के–के भयो ?

प्रचण्डको रणनीति, झस्किए ओली, सत्ता देउवाको पोल्टामा ! रस्वपा कि रविको क्लब ! संसद्मा सांसद्हरुको दोहोरी ! ओली–प्रचण्ड विछोडको कारण…



मुकुल ढकाल रास्वपाबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो । असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन निर्देशन दिएको थियो ।

मुकुलको टिप्पणीः रवि क्लबबाट निस्कासित भएँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनको भनाई छ । ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

अबको सरकार कुन उपधार अनुसार बन्छ ?
नेपाल समाजवादी पार्टीका सांसद महिन्द्रराय यादवले प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार सरकार बन्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यही असार २८ गते विश्वासको मत लिने र प्रचण्ड संविधानको धारा ७६ को उपधार २ अनुसार प्रधानमन्त्री बनेकाले विश्वासको मत नपाएमा उपधारा ३ अनुसार सरकार बन्ने उल्लेख गरेका छन् । उनले संविधान संशोधन जटिल विषय रहेको बताउँदै सांसद यादवले कांग्रेस र एमाले मिलेर थ्रेस होल्ड हटाउने र २ दलीय सिष्टम हुनेगरी संविधान संशोधन गरे देश कहाँ पुग्छ भन्दै प्रश्न समेत गरेका छन् ।

संसद्मा सांसद्हरुको दोहोरी
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकार स्थिर नहुँदा स्पष्ट नीति बनाउन नसकिएको र स्पष्ट नीति नहुँदा मुलुक अपेक्षित गतिमा अगाडि बढ्न नसकिरहेको बताएकी छन् । राजनीतिक अस्थिरताले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वयोजना र पूर्वतयारीका लागि समेत काम गर्न नदिएको उनको भनाइ छ । यो भाव व्यक्त गर्न सांसद न्यौपानले प्रतिनिधि सभामा कविता नै सुनाएकी छन् ।

ओली–प्रचण्ड विछोडको कारण
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् । ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य सुरु भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डले ‘के गर्नुपर्नेमा के गर्न सकेनन् र गठबन्धन तोडिएको हो ‘ त्यो पनि बताइदिन आग्रह गरेका छन् ।

एमाले–कांग्रेस सहकार्यको उद्देश्य भ्रष्टाचारको ढाकछोप गर्नु हो
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद पाण्डेले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरु छोप्नका लागि बनेको बताए । उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने कुरासँग गठबन्धन नरहेको आफूहरुको बुझाई रहेको बताए ।

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समिकरणको बारेमा दोहोरी खेल्नुको कुनै अर्थ नरहेको बताएका छन् । मन्त्री बस्नेतले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए । उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताए । उनले मुलुकका दुई ठुला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको बताए ।

प्रधानमन्त्रीले सत्ताको खेल बुझेननः चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा पुर्याएको बताए । अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist