९ चैत्र २०८२, सोमबार । March 23, 2026

महिला एसिया कप क्रिकेट

पहिलो अभ्यास खेलमा नेपाल पराजित


२५ असार २०८१, मंगलबार  

771
Shares

एजेन्सी । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाएकी थिइन् ।

सीता रानामगरले ११ रन जोडेकी थिइन् । त्यसअघि बलिङमा नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । एसीसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलङ्कामा छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो