१८ पुस २०८२, शुक्रबार । January 3, 2026

महिला एसिया कप क्रिकेट

पहिलो अभ्यास खेलमा नेपाल पराजित



एजेन्सी । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाएकी थिइन् ।

सीता रानामगरले ११ रन जोडेकी थिइन् । त्यसअघि बलिङमा नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । एसीसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलङ्कामा छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together