काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया