८ चैत्र २०८२, आइतबार । March 22, 2026

डडेल्धुरामा पहिरोमा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द


२३ असार २०८१, आइतबार  

90
Shares

डडेल्धुरा । डडेल्धुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिरोबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो ।

मुहान सफा गर्ने क्रममा पहिरोबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको हो । परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिरोको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताए ।

तीन दिनदेखिको लगातार वर्षाका कारण तराई पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्ने सडकमा क्षति भएको छ । भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो ।

शाहुखर्कमा आज बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ । तर शनिबारदेखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जनाकारी दिए । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिराको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए ।

विशेष कामबाहेक स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपि डडेल्धुरामा खोला नालाले अहिलेसम्म क्षति नपुगेको उनले जानकारी दिए । ग्रामीण कच्ची सडक पूर्णरुपमा बन्द रहेको छ । किसानले लगाएको मकैवालीमा वर्षाले ठूलो क्षति भएको छ ।

पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अन्य खेतीपातीमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो