१८ पुस २०८२, शुक्रबार । January 2, 2026

कोपा अमेरिका २०२४

ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरूग्वे सेमिफाइनलमा



एजेन्सी । जारी कोपा अमेरिका अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उरूग्वे सेमिफाइनलमा पुगेको छ ।

टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो। ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन। निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो।

७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो। त्यसका बाबजुद पनि ब्राजिलले गोल गर्न सकेन । उरूग्वेले अब कोलम्बियासँग सेमिफाइनल खेल्नेछ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together