१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु


२२ असार २०८१, शनिबार  

150
Shares

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा