१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु


२२ असार २०८१, शनिबार  

150
Shares

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली