२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्राकृतिक प्रकोप

नारायणी नदीले सतर्कता तह नाघ्यो, माडी–ठोरी चल्ने सवारी ठप्प



चितवन । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका ठुला नदीहरुमा जलसतह बढेको छ ।

यो सँगै नारायणी नदीले पनि आफ्नो सतर्कता तह पार गरेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ ।

जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । त्यसैगरी भरतपुर माडी ठोरी हुलाकी सडकमा चल्ने यातायात प्रभावित भएका छन् ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खोलाहरू बढेपछि माडीबाट ठोरी जाने सबै गाडीहरू बन्द भएका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको