३ आश्विन २०८३, शनिबार । September 20, 2026

उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


२२ असार २०८१, शनिबार  

798
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको सहत बढेको छ । ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

यस्तै, काठमाडौंका बाग्मती, ​धोबिखोलालगायत नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । निरन्तरको वर्षाका कारण केही हवाई उडानसमेत प्रभावित भएका छन् । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथलबाट हुने केही आन्तरिक उडान प्रभावित भएका हुन् ।

काठमाडौंबाट लुक्ला, सुर्खेत, भरतपुर, पोखरा, भैरहवा र भोजपुरलगायत ठाउँका विभिन्न उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली