२९ चैत्र २०८२, आइतबार । April 13, 2026

पहिरोका कारण विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध


२२ असार २०८१, शनिबार  

378
Shares

सिन्धुली । गएरातिदेखि परेको अविरल बर्षासँगै देशभार बाढी र पहिरोको जोखिम बढेको छ ।

यस्तै विभिन्न ठाउँमा पहिरोले राजमार्गहरु पनि अवरुद्ध गरेको छ । अविरल बर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस्तै गोलन्जोर गाउँपालिका–६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। प्रहरीका अुनसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन्।

पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व