१९ असार २०८३, शुक्रबार । July 3, 2026

असार २१ गते शुक्रबार दिनभर के–के भयो ?

क्यानले गर्यो सन्दीपको ग्रेड वृद्धि ! आदिल अन्सारीको निलम्बन फुकुवाको तयारी ! क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने ! शिक्षा मन्त्रीसँग तर्सिएका शिक्षक ! मन्त्रीको क्षेत्र लक्षित बजेट ! सुन गाल्ने मेसिन सहित ५ जना पक्राउ…


२१ असार २०८१, शुक्रबार  

57
Shares

सन्दीपलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने क्यानको निर्णय
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो । उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले जनाएको छ ।

आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारी
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवा प्रकृया सुरु गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने
नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रिमियर लिग कहिले गर्ने भन्ने मिति भने तय भइसकेको छैन् ।

उपाध्यक्ष सिंहमाथि क्यानको एक्सन
नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोधेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक, र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधेको हो । उनीहरूले टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट संघ र पदाधिकारी लक्षित नकारात्मक टिकाटिप्पणी गरेको क्यानको आरोप छ ।

महिला क्रिकेटर बेगम निलम्बित
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगमलाई निलम्ब गरेको हो । प्रशिक्षण शिविरका दौरान अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको आरोप छ ।

शिक्षा मन्त्रीसँग किन तर्सिन्छन् शिक्षक ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले शिक्षकहरु कक्षा कोठामा नभई राजनीति गर्दै हिड्न नहुने बताएकी हुन् । मन्त्री श्रेष्ठले सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उल्लेख गरेकी छन् ।

शिक्षामा धनी र गरिबबीच विभेद
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन् । नेपालमा २० प्रतिशत जति गरिब रहेको सरकारी तथ्यांक भएको तर सामुदायिक विद्यालयमा ७० प्रतिशत विद्यार्थी पढ्ने गरेको मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्रीको क्षेत्र लक्षित बजेट !
अर्थमन्त्री वर्षमान पुनले शीर्ष नेता वा मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् । सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने हुँदा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्ने उनले बताए ।

सुन गाल्ने मेसिन सहित ५ जना पक्राउ
ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार रहेका छन् । उनीहरूबाट प्रहरीले १ सय ६९ ग्राम ९ सय ७० मिलिग्राम सुन, २ सय ४७ ग्राम २ सय ५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७ सय ३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरेको छ ।

बेलायतको नयाँ प्रधानमन्त्री स्टार्मर
बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल १४ बर्षपछि सत्तामा फर्किएको छ । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६ सय ५० सिटमा अहिलेसम्म लेबर दलले ४ सय १० भन्दा बढी सिट जितेको छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट चाहिन्छ । चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री भएका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर