१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

बेलायती प्रधानमन्त्री सुनकले दिए राजीनामा, कीर स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै


२१ असार २०८१, शुक्रबार  

12
Shares

एजेन्सी । बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल १४ बर्षपछि सत्तामा फर्किएको छ ।

शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६ सय ५० सिटमा अहिलेसम्म लेबर दलले ४ सय १० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट चाहिन्छ । बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् ।

सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म १ सय १९ सिट मात्र जितेको छ । चुनावमा पार्टीको लज्जास्पद हारसँगै सुनकले बकिङ्घम प्यालेसमा राजा चार्ल्स समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा चार्ल्सले पनि स्वीकार गरिसकेका छन् ।

बकिङ्घम प्यालेसले पनि यसको पुष्टि गरिसकेको छ । केही समयपछि राजाले लेबर पार्टीका नेता कीर स्टार्मरलाई सरकार गठनका लागि आमन्त्रण गर्नेछन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा