९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

बेलायती प्रधानमन्त्री सुनकले दिए राजीनामा, कीर स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै


२१ असार २०८१, शुक्रबार  

12
Shares

एजेन्सी । बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल १४ बर्षपछि सत्तामा फर्किएको छ ।

शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६ सय ५० सिटमा अहिलेसम्म लेबर दलले ४ सय १० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट चाहिन्छ । बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् ।

सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म १ सय १९ सिट मात्र जितेको छ । चुनावमा पार्टीको लज्जास्पद हारसँगै सुनकले बकिङ्घम प्यालेसमा राजा चार्ल्स समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा चार्ल्सले पनि स्वीकार गरिसकेका छन् ।

बकिङ्घम प्यालेसले पनि यसको पुष्टि गरिसकेको छ । केही समयपछि राजाले लेबर पार्टीका नेता कीर स्टार्मरलाई सरकार गठनका लागि आमन्त्रण गर्नेछन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको