८ चैत्र २०८२, आइतबार । March 22, 2026

मेनोपज, सहजता कि समस्याको सुरुवात ?


२१ असार २०८१, शुक्रबार  

117
Shares

काठमाडौं । मेनोपज कुनैपनि महिलाको जीवनको एक सामान्य चरण हो । तर समय समयमा यस विषयमा विभिन्न किसिमका गलत सुचनाहरु प्रचलित हुने गर्छन् ।

मेनोपजका बारे भ्रामक सुचना विश्वभरनै रहेको पाईन्छ । नेपालको कुरा गर्ने हो भने मेनोपज भएका महिलाहरुलाई यो के हो र यसका कारण आफूमा आउने परिवर्तनहरु के कस्ता हुन्छन् भन्ने कुराको ज्ञान पनि हुँदैन । उनीहरु ढुक्क भयो, झन्झट टर्यो जस्ता भावहरु व्यक्त गर्छन् ।

हामी मेनोपजका कारण, विभिन्न चरण र यसका बारेमा प्रचलित केहि भ्रम र त्यसको सत्यताका बारे यहाँहरुलाई अवगत गराउँदै छौँ ।

सबै भन्दा पहिला मेनोपज भनेको के हो भन्ने जानौँ

सामान्या भाषामा मेनोपजलाई महिनावारी थुनियो भन्ने चलन छ । बढ्दो उमेरसँगै एक समयमा महिनावारी सँधैको लागि रोकिन्छ । योनै मेनेपज हो । महिनावारी हुने महिलाको बढ्दो उमेरसँगै उसको सेक्स हर्मोनमा पनि बदलाव आउँछ । अण्डाशयले हरेक महिना अण्डा बनाउन छाड्छन् र एस्ट्रोजन हर्मोनको मात्रा कम हुन्छ । मेनोपज प्राय ४५ देखि ५५ वर्षको बीचमा हुने गर्दछ । तर केहि महिलाहरुमा यो चाँढोनै आउन सक्छ । मेनोपज अचानक भने हुदैन । यो विस्तारै चल्ने प्रक्रिया हो । केहि महिलाहरु ७/८ वर्ष यो अवस्थाबाट गुज्रिन्छन् भने केहिमा १४ वर्ष सम्म पनि लम्बिन सक्छ ।

मेनोपजका चरणहरु

प्री–मेनोपज

प्री–मेनोपजबाट ३० देखि ४० वर्षको उमेर समुहका महिलाहरु प्रभावित हुने गर्छन् । यस समयमा महिलाहरु नियमित रुपमा महिनावारी त हुन्छन् तर बेला बखतमा एस्ट्रोजन र प्रोजेस्टेरोनको मात्रा असन्तुलित हुन थाल्छ ।

पेरी मेनोपज

यो फेजमा महिलाहरुको प्रजनन् क्षमताको अन्त्य हुन्छ । यस बखतमा एस्ट्रोजनको मात्रा तिब्र गतिमा कम हुन्छ जसकारण महिनावारी अनियमित हुने, केहिलाई महिनावारीनै नहुने, कम समयका लागि हुने या लामो समयसम्म नरोकिने हुन्छ । महिलाहरुमा हट फ्ल्याशेज, छट्पटी र अनिद्रा जस्ता समस्याहरु पनि देखा पर्ने गर्छन् ।

पोस्ट मेनोपज

मेनोपजको अन्तिम स्टेज हो पोस्ट मेनोपज । यसमा महिलाहरुलाई लगातार १२ महिनासम्म महिनावारी हुँदैन । यो समयावधिमा पेरी मेनोपजको समयमा देखा पर्ने समस्याहरुपनि घट्न थाल्छन् ।

अब जानौँ मेनोपजका बारेमा के–कस्ता गलत बुझाइहरु छन् र त्यसको सत्यता के हो ?

मेनोपज ५० वर्ष या त्यस पश्चात मात्र हुन्छ
महिनावारी बन्द हुने औसत आयु ५१ वर्ष हो, तर यो ४० देखि ६० वर्षको बिचमा कुनैपनि बेला शुरु हुन सक्छ । यो फरक फरक क्षेत्र र जातिय समुहमा निर्भर गर्छ ।

मेनोपज सबै महिलाहरुमा एकै किसिमको हुन्छ

महिलाहरुमा आउने हर्मोनल बदलाव उनिहरुको सामाजिक–सांस्कृतिक, वंशाणुगत र जीवनशैली जस्ता कैयन कारकहरुमा निर्भर गर्दछ । यो बदलाव हर महिलामा उनिहरुको जीवनशैलीको हिसाबले अलग अलग हुन सक्छ ।

वजन बढ्छ

मेनोपजको असरलाइ बिर्सने हो भनेपनि बढ्दो उमेरसँगै मेटाबोलिजम घट्दै जान्छ । यस्तोमा वजन अनियन्त्रीत हुने र अन्य समस्याले ग्रसित बनाउन सक्ने सम्भावना प्रवल हुन्छ । त्यसैले पनि चिकित्सकहरु नियमित व्यायाम र सन्तुलित खाना खान सुझाउँछन् ।

डिप्रेशन, एनजाईटी र मूड सिविंगस्

मेनोपजले सोझै डिप्रेशनको समस्या त निम्त्याउँदैन तर महिनावारी रोकिएका महिलाहरुमा अनिद्रा र एक्कासी गर्मीको अनुभव हुने जस्ता समस्याहरु हुने गर्छ । यसले उनिहरुमा चिडचिडापन बढाउन सक्छ । यस्तो बेलामा मानसिक सहयोगको अपर्याप्तता र महिलाको असहजतालाई नबुझिदिने हो भने डिप्रेसनको समस्या नआउला भन्न सकिन्न ।

यौन जीवनको अन्त्य

यौनीमा सुक्खापन, यौन इच्छामा कमी र तनाव जस्ता कारकहरुले तपाईँको यौन सम्बन्धमा समस्या पैदा गर्न सक्छ । तर चिकित्सक र पार्टनरको सहयोगले महिलाहरु आफ्नो यौन जीवनलाई सामान्य बनाउन सक्छन् ।

हर्मोन थेरापीले स्वास्थ्यमा असर पुर्याउँछ

हर्मोन्सको प्रयोगले केहि महिलामा स्तन क्यान्सरको खतरा बढाउन सक्छ तर यसले मुटु संग सम्बन्धित समस्याहरुको जोखिम कमपनि गर्छ । ६० वर्ष भन्दा कम उमेरका महिलाहरु, जसलाइ थोरै धेरै हट फ्ल्याशेसको समस्या छ उनिहरुले हर्मोनको प्रयोग गर्दा नोक्सानी भन्दा फाइदा बढि भएको थुप्रै अध्यनहरुले देखाएका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो