२९ चैत्र २०८२, आइतबार । April 13, 2026

कोपा अमेरिका २०२४

पेनाल्टी सुटआउटमा चुके मेसी, मार्टिनेज हिरो बन्दा अर्जेन्टिना सेमिफाइनलमा


२१ असार २०८१, शुक्रबार  

1.7k
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले संघर्षपूर्ण रुपमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरका दुई पेनाल्टी बचाएपछि अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । शुक्रबार अमेरिकाको एनआरजी मैदानमा ७० हजार समर्थकमाझ अर्जेन्टिना १–० को अग्रता इन्जुरी समयमा गुमाउन पुग्दा खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो।

खेलमा अर्जेन्टिनाले लिसान्द्रो मार्टिनेजको गोलमा ३५ औं मिनेटमा अग्रता लिएको थियो। तर, पाँच मिनेट थप गरिएको इन्जुरी समयमा केभिन रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसअघि दोस्रो हाफमा इक्वेडरले पाएको पेनाल्टीलाई ६१ औं मिनेटमा इनर भ्यालेन्सियाले गरेको प्रहार पोलमा लाग्दा बराबरीको अबसरबाट इक्वेडर चुकेको थियो।

अर्जेन्टिनाका रोड्रि डे पाउलले ह्यान्ड गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो। यद्यपि, इन्जुरी समयमा जोन यबोसको क्रसलाई केभिन रोड्रिगेजले हेड गर्दै खेल बराबरीमा पुर्याए। अतिरिक्त समय नभएको खेल त्यसपछि सिधै पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ पहिलो पेनाल्टीका लागि गएका लियोनेल मेसीले गरेको प्रहार क्रसबारमा लाग्दा अर्जेन्टिना सुरुवातमै पछि पर्यो।

तर, त्यसपछि लगातार इक्वेडरका दुई प्रहारलाई गोलरक्षक मार्टिनेजले बचाउँदै नाटकीय रूपमा खेलमा फर्काए। बाँकी खेलाडीले पेनाल्टी सदुपयोग गर्दै अर्जेन्टिनालाई अन्तिम चारमा पुर्याएका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व