५ कार्तिक २०८३, बिहिबार । October 22, 2026

मुम्बईमा विश्वकप विजेता भारतीय क्रिकेट टीमको भव्य विजयोत्सव


२१ असार २०८१, शुक्रबार  

333
Shares

एजेन्सी । टी–२० विश्वकप क्रिकेट २०२४ को विजेता भारतीय टिमको भारतमा भव्य स्वागत भएको छ ।

बिहीबार बिहान आएको टिमले बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेको थियो । साँझ भएको भिक्ट्री परेड (विजयोत्सव) मा तीन लाख मानिस सहभागी भएका थिए । मुम्बईको नरिमन पोइन्टबाट भएको उक्त विजयोत्सवमा सबै खेलाडीहरु ओपन बसमा सवार रहेका थिए ।

परेडको समापन २ दशमलव २ किलोमिटरको स्थानमा रहेको वानखेडे स्टेडियममा भएको थियो । सो क्रममा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टिमलाई १ सय २५ करोड भारु पुरस्कार समेत दिएको थियो । वर्षाका कारण पनि प्रशंसक भने रोकिएका थिएनन् । भारतले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

भारतले टी–२० मा दोस्रो विश्वकप उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि