२९ चैत्र २०८२, आइतबार । April 13, 2026

मुम्बईमा विश्वकप विजेता भारतीय क्रिकेट टीमको भव्य विजयोत्सव


२१ असार २०८१, शुक्रबार  

333
Shares

एजेन्सी । टी–२० विश्वकप क्रिकेट २०२४ को विजेता भारतीय टिमको भारतमा भव्य स्वागत भएको छ ।

बिहीबार बिहान आएको टिमले बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेको थियो । साँझ भएको भिक्ट्री परेड (विजयोत्सव) मा तीन लाख मानिस सहभागी भएका थिए । मुम्बईको नरिमन पोइन्टबाट भएको उक्त विजयोत्सवमा सबै खेलाडीहरु ओपन बसमा सवार रहेका थिए ।

परेडको समापन २ दशमलव २ किलोमिटरको स्थानमा रहेको वानखेडे स्टेडियममा भएको थियो । सो क्रममा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टिमलाई १ सय २५ करोड भारु पुरस्कार समेत दिएको थियो । वर्षाका कारण पनि प्रशंसक भने रोकिएका थिएनन् । भारतले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

भारतले टी–२० मा दोस्रो विश्वकप उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व