२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

मनसुन सुरु भएको महिनादिन नपुग्दै विपद्जन्य घटनाबाट ५७ जनाको मृत्यु



काठमाडौं । यस बर्षको मनसुन सुरु भएको एक महिना पनि पुगेको छैन् ।

गएको जेठ २८ गतेदेखि मात्रै यो बर्षको मन्सुन नेपाल भित्रिएको थियो । त्यसमा पनि देशभर मनसुन फैलिन र मनसुन सक्रिय हुन निकै समय लागेको थियो । तर, झन्डै एक महिनाको दौरानमा मात्रै पनि नेपालमा विपद्जन्य घटनाबाट ५७ जनाले ज्यान गुमाइसकेका छन् । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंशजस्ता कारणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको हो ।

तीन जना बेपत्ता छन् । विपत का कारण एक सयबढी घाइते भएका छन् भने हजार भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । मनसुनपछिको विपद्का कारण २० करोड ७३ लाख बराबरको क्षति भइसकेको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपतको जोखिम थप उच्च बनेको छ । विभागले बिहीबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्व र मध्य भूभागमा बढी वर्षा भएको छ ।

अबको केही दिन गण्डकी, कर्णाली र सुदूरपश्चिममा निकै ठुलो वर्षा हुने देखिएको छ । मनसुनको न्यूनचापीय रेखा उत्तरबाट सर्दै नेपालको दक्षिण सीमा आसपास रहेकाले मनसुनको सक्रियता पश्चिमी भेगमा बढ्ने विभागको अनुमान छ ।

विभागले वाढी र पहिरोको जोखिम केही दिन रहने भन्दै उच्च सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको