२ चैत्र २०८२, सोमबार । March 17, 2026

असार १९ गते बुधवार दिनभर के–के भयो ?

रास्वपामा बबण्डरः विवाह गर्न पार्टीको अनुमति लिनुपर्ने ! गृहमन्त्री रवि लामिछानेमाथि हमला ! विछोडको वियोगमा प्रचण्ड ! २०४७ सालको संविधान उल्टाउने तयारी !…


१९ असार २०८१, बुधबार  

126
Shares

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय व्यवस्था र निर्वाचन प्रणालीले मुलुकलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका हुन् । उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरू अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्वन गर्नुपर्ने पनि बताए ।

सरकारले ल्‍यायो एआई प्रयोग सम्बन्धी अवधारणापत्र
संघीय सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार पारेको छ । विश्वव्यापी रूपमा एआईको विकास र प्रयोग बढ्दै गएपछि यससम्बन्धी कुनै नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झन्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो ।

रास्वपामा विवाह गर्नपनि पार्टीले निर्णय गर्नुपर्ने !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् । उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् ।

रास्वपामा बबण्डर !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् । आज बिहान बसेको बैठकमा मुखमा टेप टाँसेर बसेका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । सभापति रविले रोके । त्यसपछि उनले पार्टी रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने बताएका हुन् ।

राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् । हामिले फाइल खोल्दै थियौँ त्यसकारण सरकारबाट हटाइयो भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै गृहमन्त्रीसँग अझै प्रयाप्त समय भएको बताएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा नदिए अझै एक महिना समय भएकाले फाइल खोल्न गृहमन्त्रीलाई आग्रह गरेका छ । साथै फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनको भनाई छ ।

२०४७ सालको संविधान फर्काउने तयारी !
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए । मध्यरातमा षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ । उनको भनाई छ । उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए ।

एमालेले फिर्ता लियो प्रचण्डलाई लिएको समर्थन
एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

हाइपर फण्ड ठगीमा ६३ जनाविरुद्ध मुद्दा
हाइपर फण्ड (हाल हाइपर भर्स) का नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेको हो । मंगलबार जिल्ला अदालतमा ६३ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा गरिएको छ । ५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९ सय २१ रुपैयाँ ठगी भएको दाबी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по